दल

प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा

इकागज |
असार ६, २०८१ बिहीबार १८:५९ बजे

काठमाडौँ- सत्तासमीकरण दलका तीन शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

स्रोतका अनुसार अहिले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा सत्तासमीकरणमा देखिएको असमझदारी मेटाउने विषयमा छलफल हुँदैछ ।


पछिल्लो समयमा बजेटका विषयमा सत्तासमीकरण दल खासगरी एमाले र रास्वपाका नेताहरूले सार्वजनिक रूपमै आलोचना गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो किसिमले बजेट विनियोजन गरेको आरोप लगाएपछि सत्तासमीकरणकै भविष्यमा प्रश्न उठ्न थालेको बेला यस भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


Author

थप समाचार
x