दल

रास्वपाले आज दोस्रो स्थापना दिवस मनाउँदै, पार्टी कार्यालयमा चियापान गर्दै

इकागज |
असार ७, २०८१ शुक्रबार ११:३६ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शुक्रबार) आफ्नो दोस्रो स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्दैछ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।


चियापान कार्यक्रममा सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ ।  

कार्यक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्री, कूटनीतिक नियोगका प्रतिनिधि लगायतलाई विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरेको जनाएको छ ।


Author

थप समाचार
x