दल

प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री र मन्त्रीहरूले टेर्दैनन् : गगन थापा

इकागज |
असार ८, २०८१ शनिबार १८:३४ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकलाई अघि बढाउने सवालमा प्रधानमन्त्री कमजोर देखिएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौँ ६ प्रदेश (क) को सम्मेलन उद्घाटन गर्दै थापाले वर्तमान सरकारले प्रभावकारी काम नगर्न नसकेको भन्दै मुलुकलाई अघि बढाउने सवालमा पनि प्रधानमन्त्री कमजोर देखिएको बताएका हुन् । उनले आफ्नै मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री कमजोर देखिएको र उपप्रधानमन्त्री र मन्त्रीहरूले नटेरेको बताए ।


केही मन्त्रीहरूले खल्तीमा नै राजीनामा पत्र बोकेको भन्दै प्रधानमन्त्रीलाई धम्की दिने गरेको भन्दै महामन्त्री थापाले कमजोर प्रधानमन्त्रीले देश सम्हाल्न नसक्ने धारणा राखे । एमालेबाट उपप्रधानमन्त्री भएका भौतिकमन्त्रीले अर्थमन्त्रीलाई तर्साएरै २५ अर्बको आफ्नो क्षेत्रमा हालेको उनले बताए ।

थापाले सरकारले काम गर्न नसक्दा कांग्रेस चुप लागेर बस्न नहुने जिकिर गरे । यद्यपि अहिले नै सरकारको विकल्प खोज्ने र सरकार फेरबदलको खेलमा कांग्रेस लाग्न नहुने उनको भनाइ छ । उनले सरकारका कारण आत्मविश्वास गुमाएका जनताको आशा र भरोसाको काम कांग्रेसले गर्नुपर्ने उल्लेख गरे । 


Author

थप समाचार
x