दल

आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई थापाको सुझाव

इकागज |
असार ९, २०८१ आइतबार १४:१० बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । 

आइतबार प्रतिनिधिसभाको शून्य समयमा थापाले संसदीय व्यवस्थामा आफूलाई नटेर्ने मन्त्रीलाई फेर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै त्यसो गर्न नसके बालुवाटार बाटै डेरा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । 


उनले स्थानीय तहलाई दिइने समानीकरणमा अनुदान घटाउने सरकारको तयारी उचित नभएको बताए । 

वडाको क्षेत्राधिकार पर्नेमा बजेट हाल्ने संघको अनुदान कटौती गर्ने कदम स्वीकार्य नरहेको उनको भनाइ छ । 


Author

थप समाचार
x