दल

पहिरोका कारण डा शेखर कार्यक्रम स्थल पुग्नै सकेनन्

इकागज |
असार १०, २०८१ सोमबार १०:४५ बजे

काठमाडौँ- पुर्व निर्धारित कार्यक्रम अनुसार बृक्षारोपणमा हिडेका कांग्रेस नेता डा शेखर कोइराला पहिरोका कारण कार्यक्रम स्थलमा पुग्न सकेनन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले धरान वार्ड नं-२० मा पर्ने अति विकट क्षेत्र बिष्णुपादुकाको बङ्सिलामा बृक्षारोपण कार्यक्रम राखेको थियो ।


तर बाटोमा पहिरो आएको र ढुङ्गा खस्न नरोकिए पछि नेता कोइरालाले निर्धारित स्थान भन्दा ३ किमीको दुरीमा लालिगुराँसको बिरुवा रोेपेर बिराटनगर फर्केका हुन ।

पहिरोले बाटो अवरुद्घ भएपछि कोइरालाले डेढ घण्टा जति स्थानीयसँग भलाकुसारी गरेका थिए । धरान उपमहानगरपालिका वडा नम्बर २० मा पर्ने बङ्सिला भौगोलिक रुपमा अति विकट मानिन्छ ।

लालीगुराँस संरक्षण अभियानमा जोडिए डा शेखर नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा जोडिएका छन् । धरानको विकट क्षेत्र बङ्सिलामा लालीगुराँस रोपेर उनले संरक्षण अभियान सुरु गरेका हुन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले लालिगुराँस रोपेर अभियान थालनी गरेको छ । गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेमा समेत गुराँस मासिदै गएपछि डा शेखरले चासो दिएका छन् ।

बिरुवा रोप्ने क्रममा उनले लालीगुराँस लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे । यस क्षेत्रको विकासको निम्ति लालीगुराँस अत्यन्तै महत्त्वपूर्ण रहेको र पर्यटन प्रवर्द्धनमा कोशेढुँगाको रुपमा स्थापित हुने धारणा राखे ।

धरानको विकट क्षेत्रमा पनि विकासको लागि यस्ता रचनात्मक कदमको जरुरी रहेको र लालीगुराँस संरक्षण अभियान निरन्तर लाग्नुपर्ने बताए ।


Author

थप समाचार
x