दल

युद्धरत इजरायलमा सुसारे र नोकरमा नेपाली पठाउने निर्णय बिडम्बनापूर्ण र पाखण्ड - भीम रावल

इकागज |
असार १२, २०८१ बुधबार १७:१३ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा एमालेका नेता भीम रावलले युद्धरत इजरायलमा सरकारले सुसारे र नोकरमा नेपाली पठाउने निर्णय बिडम्बनापूर्ण र पाखण्ड भएको बताएका छन् । 

बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै रावलले प्रवासी नेपालीलाई स्वदेश फर्काउने नारा दिने रास्वपाका श्रम मन्त्री र बाह्य प्रभुत्व विरुद्ध लड्ने नारा दिँदै जनतालाई 'जनयुद्ध' मा होम्ने 'माओवादी' प्रधानमन्त्रीको सरकारले यस्तो निर्णय गर्नु बिडम्बनापूर्ण र पाखण्ड भएको बताएका हुन् । 


इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरेको छ । मंगलबार वैदेशिक रोजगार विभागले ८०० जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो ।

मंगलबार प्रकाशित सूचना अनुसार २१ दिनभित्रमा अनलाइन मार्फत आवेदन दिन सकिने जनाएको छ ।


Author

थप समाचार
x