दल

सेना र प्रहरीलाई राजनीतिबाट मुक्त गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

इकागज |
असार १४, २०८१ शुक्रबार १४:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले प्रहरीले कतिपय मुद्दामा सहज रूपमा उजुरी लिन सक्ने अवस्था नभएकाले समाजमा सुशासन कायम गर्न नसकिएको टिप्पणी गरे । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दासमेत नेपालको न्याय प्रणालीलाई सङ्घीयताले छुन नसकेको उनको भनाइ थियो ।


यही असार ११ गते राति आएको वर्षाका कारण लमजुङमा धेरै धनजनको क्षति भएको बताउँदै सांसद गुरुङले मृतक परिवारलाई राहत, घाइतेको तत्काल उद्धार र उपचार गर्न सरकारसँग आग्रह गरेका छन् । उनले आगामी दिनमा विपदबाट बच्न पूर्वतयारीका लागिसमेत आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराए ।सांसद गुरुङले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७३औँ जन्मजयन्ती भएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक भएको बताए । उनले जननेता भण्डारीले संसद्लाई शान्तिपूर्ण सङ्घर्षको क्षेत्र बनाउनुपर्छ भनेको र शान्तिपूर्ण क्रान्तिबाट मुलुकको विकास हुने विचार राखेको स्मरण गरे ।


Author

थप समाचार
x