दल

बुढिगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न बाबुरामको सरकारलाई अल्टिमेटम

इकागज |
असार १४, २०८१ शुक्रबार १७:३६ बजे

फाइल फोटो

काठमाडौँ - पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भाद्र मसान्तसम्म बुढीगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । 

बुढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनाको निर्माण सुरु गर्नुपर्ने माग राख्दै शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै भट्टराईले भाद्र मसान्तसम्म आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिँदै आफूहरूको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 


उनले अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको संरचनाले उक्त आयोजना निर्माण गर्न नसक्ने बताए । आयोजना निर्माणका लागि अधिकार र साधनस्रोत सम्पन्न बुढीगण्डकी कोरिडोर बिकास प्राधिकरण तुरुन्त गठन गर्नुपर्ने उनको माग छ । त्यस्तै भट्टराईले आयोजना प्रभावित नागरिकहरुका जायज मागहरूलाई यथाशीघ्र सम्बोधन गर्नुपर्ने बताए । 

उक्त परियोजना सुरुवात पछिका सरकारहरूले चासो नदिएको र पटक पटक योजना र कार्यान्वयनको मोडालिटी परिवर्तन गर्नु उचित नभएको भट्टराईले बताए । समयमा नै आयोजना सम्पन्न नहुँदा लागत बढेर रु २ खर्ब ६० अर्बबाट ४ खर्ब पुग्न लागेकाले सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । 


Author

थप समाचार
x