Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

कांग्रेस र रास्वपाले भन्दै आएको समाजवादले जनता खुसी हुन सक्दैनन् : विप्लव

इकागज |
असार १६, २०८१ आइतबार १६:५३ बजे

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले कांग्रेस र रास्वपाले भन्दै आएको समाजवादले जनता खुसी हुन नसक्ने बताएका छन् ।

आइतबार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी) को १० औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै विप्लवले कांग्रेस र रास्वपाले भन्दै आएको भन्दा अग्रगमन दिनसक्ने समाजवादमा बहस गर्नुपर्ने समेत बताए । समाजवादी गणतन्त्र, समाजवादी संघीयतामा नेपालका सबै पुराना पार्टीका नेताहरूले छलफल गर्नुपर्ने उनले बताए । उनले आफूहरूको ध्यान नेपालको कम्युनिष्ट आन्दोलनलाई २००६ सालमा फर्काएर नयाँ एकताको सुरुवात गर्नुपर्नेमा रहेको उल्लेख गरे ।


विप्लवले देशको स्वाधीनताको रक्षा गर्नका लागि युवाहरूले योगदान दिँदै सबै दलहरूले पनि स्पष्ट दृष्टि तय गर्नुपर्ने धारणा राखे । उनले यथास्थितिले नेतृत्व गर्न नसके त्यसलाई जनताले फ्याँक्ने अवस्था आउने बताए ।


Author

थप समाचार
x