दल

लोकतन्त्रका विषयमा नेताहरूले चिन्ता गर्नु पर्दैन : रवि लामिछाने

इकागज |
असार १६, २०८१ आइतबार १६:५७ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम जनता र नेतृत्वको प्राथमिकता फरक-फरक हुँदा मुलुक सदैव अप्ठेरोमा पर्ने गरेको बताएका छन् ।

आइतबार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी) को १० औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै लामिछानेले मुलुकका विभिन्न परिवर्तनमा जनताले पटक पटक योगदान दिए पनि आम जनता र नेतृत्वको प्राथमिकतामा कहिल्यै एकरूपता आउन नसक्दा मुलुक सदैव अप्ठेरोमा पर्ने गरेको बताएका हुन् ।


उनले लोकतन्त्रका विषयमा नेताहरूले चिन्ता गर्नु नपर्ने भन्दै लोकतन्त्र अप्ठेरोमा परे जनता र कार्यकर्ताले जोगाइदिने जिकिर गरे । दलहरूबीच शिक्षा, स्वास्थ्य लगायत जनताका सवालमा कहिल्यै छलफल हुन नसकेको यथार्थ रहेको भन्दै उनले दलहरूबीच हुने सहमतिले जनतालाई नछोए त्यसको कुनै अर्थ नरहने धारणा राखे ।

लामिछानेले सबैको भाषणमा जनताको चिन्ता देखिए पनि व्यवहारमा त्यसो हुन नसकेको बताए । उनले दलहरू गम्भीर भए मुलुकको परिवर्तनलाई बलियो बनाउँदै संस्थागत गर्न कुनै कठिनाइ नहुने पनि बताए । 


Author

थप समाचार
x