दल

आगामी दिनमा देशको महत्वपूर्ण एजेण्डामा नेकपा एसले आवश्यक भूमिका खेल्छ : सभापति देउवा

इकागज |
असार १६, २०८१ आइतबार १७:१ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको दिगो शान्ति, सुशासन तथा समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले संविधानको रक्षा, संघीय लोकतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्तिको महत्वपूर्ण एजेण्डामा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।


उनले अहिलेको व्यवस्थाको एकीकृत समाजवादी गहिरो प्रतिबद्धताका साथ लागि अघि बढेको जिकिर गरे । मुलुकको परिवर्तनमा माधव नेपालले खेलेको भूमिकाको उनले स्मरण गरे ।​ उनले आगामी दिनमा देशको महत्वपूर्ण एजेण्डामा समाजवादीले आवश्यक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


Author

थप समाचार
x