दल

ओलीलाई १० पटक फोन गरे तर आउनु भएन : अध्यक्ष नेपाल

इकागज |
असार १६, २०८१ आइतबार १७:४ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १०औं राष्ट्रिय महाधिवेशनमा सत्तारूढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको तर नआएको बताएका छन् ।

आजदेखि सुरु भएको एकीकृत समाजवादीको महाधिवेशनमा एमालेका नेताहरू अनुपस्थित भएपछि अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० पटक फोन गरेको दाबी गरेका हुन् । महाधिवेशन एमोलेले बहिष्कार गरेको विषय कार्यकर्ताले उठाएपछि आफूले १० पटक फोन गरेको उनले बताए ।


उनले भने, ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरूलाई म्यासेज पनि पठाएको छु, पाएको पनि सूचना पाएको छु । ३ वर्षको घाउ आलो भएर नआउनु भएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’

आज सम्पन्न एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा एमाले बाहेक अन्य सबै दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । 


Author

थप समाचार
x