Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

'उद्यमशीलता र व्यावसायिकताका माध्यमबाटै कृषिको आधुनिकीकरण गर्दै रोजगारको सिर्जना गर्न सकिन्छ'

इकागज |
असार १६, २०८१ आइतबार १७:१९ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्यमशीलता र व्यावसायिकताका माध्यमबाटै कृषिको आधुनिकीकरण गर्दै रोजगारको सिर्जना गर्न सकिने बताएका छन् ।

एमाले केन्द्रीय कृषि तथा पशुपन्छी विकास विभागले आइतबार काठमाडौँमा आयोजना गरेको नीति सम्वाद कार्यक्रममा ओलीले यथास्थितिमा देश अगाडि बढ्न नसक्ने भन्दै कृषि क्षेत्रको आधुनिकीकरण गर्दै रोजगारको सिर्जना गर्न सकिने बताएका हुन् । उनले देशका केही दुर्गम स्थानमा कृषिका माध्यमबाट जीविकोपार्जन हुन नसक्ने अवस्थाका कारण मानिसहरू विस्थापित हुन पुगेको धारणा राखे ।


ओलीले २० प्रतिशत जनता भोकमरीमा रहेको भन्दै पर्याप्त उत्पादन हुने गरी कृषि क्षेत्रको आधुनिकीकरण गर्नुपर्ने भए पनि सरकारी तवरबाट ठोस नीति निर्माण हुन नसकेको बताए ।

उनले कृषि क्षेत्रलाई प्राथमिकता दिन सके पाँच वर्षभित्र यस क्षेत्रलाई प्रभावकारी रूपमा रुपान्तरण गर्न सकिने दाबी गरे ।


Author

थप समाचार
x