दल

बालुवाटारमा चार घण्टा बिताएर निस्किए ओली

इकागज |
असार १७, २०८१ सोमबार १३:३७ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टा भन्दा बढी समय बिताएर बाहिर निस्किएका छन् ।


प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा पछिल्लो विकिसित राजनीतिक घटनाक्रममा बारेमा छलफल भएको बुझिएको छ । 

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । कांग्रेस सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चा पछि सत्ता समीकरणमा हलचल पैदा भएको देखिएको छ ।

आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।


Author

थप समाचार
x