दल

राजनीतिक दलबीच भएको छलफललाई सत्तासंगमात्रै जोडेर हेर्न हुन्‍न - सांसद सापकोटा

इकागज |
असार १७, २०८१ सोमबार १३:५० बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिक दलबीच भएको छलफललाई सत्तासंगमात्रै जोडेर हेर्न नहुने बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सत्तासमीकरण फेरवदलको रुपमा चर्चा गर्ने गरिएको भन्दै शीर्ष नेताहरूबीच छलफल हुँदा सत्तामा मात्रै जोडेर हेर्न नहुने बताएका हुन् । 


उनले अहिले नै सत्तासमिकरण फेरवदलको चर्चामा सत्यता नरहेको पनि बताए । उनले दलहरुबीचको छलफलले राष्ट्रिय मुद्दाहरुमा साझा धारणा बनाउनुपर्नेमा जोड दिए । 

त्यस्तै सापकोटाले शान्ति प्रक्रिया माओवादीको मात्रै बिषय नभएकाले सिंगो राष्ट्रका लागि पनि यसलाई निष्कर्षमा पुराउनुपर्ने धारणा राखे । 

शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनका लागि दलहरुबीच सहमतिको वातावरण बन्नुपर्ने उनको भनाइ छ । 


Author

थप समाचार
x