सरकारले युवाहरूलाई आफ्नै सानो उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्छ : कांग्रेस केन्द्रीय सदस्य थपलिया
काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता थपलियाले प्रतिपक्षी दल भएर पनि सरकारलाई सहयोग गर्न सक्ने बताएकी छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले ज्ञापनपत्र बुझाइसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सरकारलाई झक्झक्याउने काम गरेको उनले बताइन् ।
स्वरोजगारको संख्या बढ्ने र युवाहरूमा उद्यमशीलताको उर्जा विकास हुने उनको भनाइ छ । सरकारले गरिरहेको कामलाई अझ राम्रोसँग गर्न सकिन्छ कि भनेर युवाहरूका लागि सुझाव दिएको उनले बताइन् । ‘हामीले बुझाएको ज्ञापनपत्र सरकारलाई सहज होस भन्नलाई नै हो,’ उनले भनिन् ।
विभागले देशमा रहेका युवालाई उद्यमशीलतामा लाग्न प्रेरित गर्न सहयोग गर्ने उनले बताइन् । मुलुकमा रहेका युवाहरूमा निराशा छाइरहेको अवस्थामा विदेश पलायनबाट रोक्न यसले विशेष पहल गर्ने उनको दाबी छ ।
मुलुक छोड्न लागेका युवाहरूलाई आफ्नै एउटा उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्न सरकारले पहल गर्नुपर्ने थपलियाले बताइन् । युवाहरूलाई निश्चित लगानी गरि मुलुकमा बसेर उद्योग व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकार र दलको उत्तिकै भूमिका हुने उनले उल्लेख गरिन् ।
‘युवाले सोचेजस्तो देश निर्माण नभएसम्म राज्य झक्झक्याइ रहनेछौं,’ उनले अगाडि थपिन्, ‘सरकारलाई हामीले खबरदारी गरिरहन्छौं । नेपालमा बसेर लगानी गर्न सकिन्छ र लगानी सुरक्षित हुन्छ भनेर सरकारले त्यसको निश्चितता गरिनुपर्छ ।’
विदेशबाट फर्केका युवालाई रोजगार तथा उद्यममा लगाउन सकिने उनको जिकिर छ । युवालाई कर्जा वितरणमा मापदण्ड तयार गरिनुपर्ने उनको माग छ । युवाले उत्पादन गरेका वस्तुहरू स्थानीय सरकार तथा सरकारले निश्चित मूल्यमा खरिद गर्ने व्यवस्था मिलाइनुपर्ने उनले बताइन् ।
वैदेशिक रोजगारीमा गएका युवाहरूलाई लक्षित गरी मुलुकमा निराशावाद व्याप्त भएको उनले दाबी गरिन् । सरकारले खाडी मुलुकबाट फर्केका युवाहरूलाई स्वदेशमा रोजगारी दिलाइदिनु पर्ने उनले बताइन् ।
भिडियो:
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया