दल

पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ : एमालेसँगको कुराकानी सकारात्मक छ

इकागज |
असार १७, २०८१ सोमबार १७:२२ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको बताएका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा जारी कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकमा देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता बारे बिफ्रिङ गर्दै एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गरेका छन् ।


बैठकमा देउवाले ओलीसँग भएको कुराकानीको ब्रिफिङ गर्दै सकारात्मक कुराकानी भइरहेको बताएको बैठकमा सहभागी एक पदाधिकारीले बताए । 

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस-एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ । 


Author

थप समाचार
x