दल

यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन : केपी ओली

इकागज |
असार १७, २०८१ सोमबार १७:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवन बाहिर पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ओली यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भन्ने पत्रकारहरूको प्रश्नमा ओलीले भने, ‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई । यो वर्ष बन्छुजस्तो लाग्दैन ।’ 


शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस-एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ । 


Author

थप समाचार
x