दल

सरकारमा जानको लागि मात्र नयाँ समीकरण बनाउँदैनौँ : कांग्रेस प्रवक्ता महत

इकागज |
असार १७, २०८१ सोमबार १८:३१ बजे

काठमाडौँ- नेपाली कांग्रेसले सरकारमा जानको लागि नयाँ समीकरण नबनाउने बताएका छन् । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न दलहरूसँग राष्ट्रिय मुद्दाका विषयमा छलफल भइरहेको भएपनि सरकारमा जानको लागि मात्र नयाँ समीकरण नबनाउने जानकारी दिएका छन् ।


उनले नयाँ समीकरण बन्ने विषय परिपक्क नभएको बताउँदै अहिले यस विषयमा छलफल नभएको बताएका छन् । उनले दीर्घकालीन रूपमा सरकार चल्ने, अस्थिरताको अन्त्य हुने, देशलाई समृद्धितर्फ उन्मुख हुने परिस्थितिमा मात्र कांग्रेसले नयाँ समीकरण बनाउन विचार गर्ने बताए ।


Author

थप समाचार
x