दल

ओलीको सचिवालयले भन्यो : मन्त्रीहरूलाई बालकोट बोलाएको खबर हल्ला मात्र हो

इकागज |
असार १७, २०८१ सोमबार १८:५० बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूलाई छलफलका लागि बालकोट बोलाएको भन्ने खबर सत्य नभएको सचिवालयले बताएको छ । 

सचिवालयले सामाजिक सञ्जालमा लेख्दै मन्त्रीहरूलाई बालकोट नबोलाएको जानकारी गराएको हो ।


सचिवालयले भनेको छ, 'नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ । तर, मन्त्रीहरूलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ ।' 

यसअघि एमालेका एक पदाधिकारीले मन्त्रिपरिषद्को बैठक सकिएपछि बालकोटमा सामान्य छलफलका लागि ओलीले बोलाएको बताएका थिए । 'पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको काम कारबाहीबारे जानकारी लिन बोलाइएको हो,' ती पदाधिकारीले भने ।

साँझ ६ बजेका लागि बोलाइएको भए पनि केही समय ढिला हुने उनले बताएका थिए । अध्यक्ष ओलीकै कारण मन्त्रीहरूसँगको भेटघाटलाई केही पछि सारिएको उनको भनाइ थियो ।


Author

थप समाचार
x