दल

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

इकागज |
असार १८, २०८१ मंगलबार १२:४६ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन् । उनी केहीबेर अघि शीतल निवास पुगेका हुन् ।

आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठक गरेका थिए । 


माओवादी केन्द्रले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको छ । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ ।

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनाको समय लिएमा नयाँ सरकारको गठन बारे के गर्ने भन्नेमा कांग्रेस-एमालेसहित राष्ट्रपतिसमेत कानुनी परामर्शमा रहेको बुझिएको छ ।


Author

थप समाचार
x