कांग्रेस-एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउने गरी काम गर्छ : विमलेन्द्र निधि
काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस-एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउने गरी काम गर्ने बताएका छन् ।
प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले एमाले र कांग्रेसबीच आलोपालो नेतृत्व गरेर अघि बढ्ने र जनतामा छाएको निराशा हटाउने गरी राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको समेत बताए ।
उनले संघीयता, समावेशिता र लोकतन्त्रका मूल्य मान्यतालाई थप सुदृढ गरेर संविधान संशोधन गरिने जानकारी दिए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत र परिष्कृत गर्न संविधान संशोधन गर्न लागिएको उनको भनाइ छ । त्यस्तै उनले केन्द्रमा सत्ता समीकरण परिवर्तन हुँदैमा प्रदेशहरूमा सत्ता फेरबदल हुनु संघीयताको मुल मर्म विपरीत भएको जिकिर गरे ।
निधिले विभिन्न प्रकरण, आरोप र विवादहरूलाई संविधान र कानुनअनुसार अघि बढाउने र यसका लागि सत्ता भित्र वा बाहिर हुनुले कुनै फरक नपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया