दल

राप्रपाले भन्यो : कांग्रेस-एमालेबीच संविधान संशोधन गर्ने सहमति स्वागतयोग्य

इकागज |
असार १८, २०८१ मंगलबार १७:२४ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले संविधानले काम नगरेको र दलहरूबीच नयाँ समझदारी हुनुपर्छ भन्दै आएको बताउँदै कांग्रेस र एमालेले नयाँ सहमतिमा संविधान संशोधनलाई प्रमुख विषय बनाएकोलाई स्वागत गरेको बताएका छन् । 


अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेले यो समझदारीलाई कसरी अगाडि बढाउँछन् भन्ने विषय आफूहरूले नजिकबाट हेर्ने र सोही अनुसार निर्णय गर्ने बताए ।

उनले आफूहरूले कुनै एजेन्डा बनाएर छलफल नगरेको तर फेरिएको राजनीतिक परिस्थितिको बारेमा मात्र छलफल गरेको बताए । 


Author

थप समाचार
x