दल

प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे : एमाले

इकागज |
असार १८, २०८१ मंगलबार १९:५९ बजे

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कांग्रेससहितको सरकार बनाउने पहल सुरु गरेको आरोप लगाएको छ ।

एमालेको सचिवालय बैठकपछि निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सहमतिको सरकार गठनको प्रस्ताव गरेपछि आफूहरूले अहिलेको गठबन्धनको विकल्प खोजेको दाबी गरेका छन् ।


ज्ञवालीले एमाले यही गठबन्धनलाई अगाडि बढाउन प्रतिबद्ध रहे पनि यस पटक प्रचण्डले फेरी कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको सूचना आफूहरूले पाएपछि मात्र यो कदम चालेको बताएका छन् ।

उनले भने, 'बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस चलाउनुभयो, सत्तारूढसँग छलफल नगरी । प्रमुख विपक्षीबाट प्रस्ताव भयो भनी थाहा पाउनुपर्‍यो । उहाँले अहिलेसम्म एमालेजस्तो रचनात्मक सहयोगी पाउनुभएको थिएन होला । नीति कार्यक्रम, बजेटले रिजर्भेसन भए नि पास गर्‍यौँ ।'

साथै ज्ञवालीले कांग्रेसले माओवादीसँग सरकार बनाउन तयार नभएको भन्दै एमालेसँग मिलेर जान प्रस्ताव गरेपछि कुरा अगाडि बढेको बताएका छन् ।


Author

थप समाचार
x