दल

सत्ता समीकरण परिवर्तनले मुलुकको परिवर्तन नै खतरामा पर्छ : देव गुरुङ

इकागज |
असार १९, २०८१ बुधबार १५:४० बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा मुलुकको परिवर्तनलाई उल्टाउने गरि संविधान संशोधन गर्ने आशंका पैदा भएको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा गुरुङले संविधान संशोधनको कुरा उठाउँदै सत्ता समीकरण परिवर्तन गर्ने कुराले मुलुकको परिवर्तन नै खतरामा पर्ने आशंका पैदा भएको बताएका हुन् । उनले ४७ सालको संविधानको दिशातर्फ मुलुकलाई लैजान खोज्ने प्रयास पश्चगामी र प्रतिगामी कदम भएको जिकिर गरे । 


माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार गठनको प्रयास भइरहँदा तयार नभएका दलहरूले अहिले मध्यरातमा त्यही विषयमा हल्ला गर्दै सहमति गरेको उनको आरोप छ । उनले वर्तमान सरकार छाड्नुपर्ने कुनै उल्लेखित कारण नभएपनि टिआरसी विधेयक र भुटानी शरणार्थी प्रकरणमा केही व्यक्ति पक्राउको परिघटना हुनसक्ने आशंका गरे । 

महासचिव गुरुङले सरकार बनाउने नाममा संविधानको प्रावधानलाई उल्लंघन गर्ने काम गर्न नहुनेमा जोड दिए । उनले सरकारलाई दिएको समर्थन लिएमा प्रधानमन्त्रीले सदनमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने धारणा राखे । 


Author

थप समाचार
x