दल

एमालेका मन्त्रीहरू राजीनामा बुझाउन बालुवाटार जाँदै

इकागज |
असार १९, २०८१ बुधबार २०:२३ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा एमालेका मन्त्रीहरू राजीनामा बुझाउन जाँदै छन् । 

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट निस्किएर उनीहरू राजीनामा दिन जान लागेका हुन् । 


उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई राजीनामा बुझाउने स्रोतले बतायो । कांग्रेस एमाले गठबन्धन बन्ने सहमति भएपछि एमाले मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ।


Author

थप समाचार
x