दल

अल्पमतमा प्रचण्ड सरकार

इकागज |
असार १९, २०८१ बुधबार २०:४६ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा एमालेबाट मन्त्रीहरूले राजीनामा दिएपछि  सरकार अल्पमतमा परेको छ । सत्ताको सबैभन्दा ठूलो दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।

बुधबार साँझ एमालेका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका छन् ।


सोमबार मध्यरातमा संसद्‌का दुई ठूला दलले नयाँ गठबन्धन बनाउने सहमति गरेका थिए । कांग्रेस- एमालेबीचको सहमति अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् ।

उनीहरू संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर गठबन्धन गर्ने निर्णयमा पुगेका हुन् । दुवै दलले प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । तर दाहालले विश्वासको मतको सामना गर्ने बताउँदै आएका छन्  । 

मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आजसम्मको समय दिएको थियो । दिएको समयभित्र प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो ।

प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनको पक्षमा १५७ मत परेको थियो ।


Author

थप समाचार
x