दल

निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारबाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ

इकागज |
असार २०, २०८१ बिहीबार १३:४ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय सर्वसम्मत भएको स्पष्ट गरेकी छन् ।

डाँगीले समाचारमा आएको जस्तो ५२ मध्ये आफु मात्र कारबाहीको विपक्षमा रहेको भन्ने कुरा गलत रहेको बताएकी छन् ।


उनले केन्द्रीय समितिको निर्णय सर्वसम्मत भएको र त्यसमा आफुले पनि हस्ताक्षर गरेको बताएकी छन् । उनले भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेकी छन् ।

यस अघि रास्वपाका सहप्रवक्ता मनिष झाले पत्रकार ब्रिफिङमा डाँगीबाहेक सबै ५१ केन्द्रीय सदस्यले महामन्त्रीलाई कारबाही गर्नुपर्ने बताएको जानकारी दिएका थिए ।

बुधबार रातिसम्म बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई ७ दिनको लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको छ ।


Author

थप समाचार
x