दल

प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन गगन थापाको सुझाव

इकागज |
असार २०, २०८१ बिहीबार १३:१४ बजे

फाइल तस्बिर

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री दाहाललाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नु उहाँका निम्ति श्रेयस्कर हुने बताए । 


सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा नेपाली कांग्रेसको ठूलो योगदान रहेको बताउँदै उनले संविधान संशोधन आवश्यक भएको विचार व्यक्त गरे । सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन नेपाली कांग्रसले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गरे । 

महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको दोहोर्‍याउँदै मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेसहितको राष्ट्रिय सरकार गठन हुन लागेको बताए । 


Author

थप समाचार
x