दल

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकियो

इकागज |
असार २०, २०८१ बिहीबार १४:९ बजे

काठमाडौँ - निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ केही दिनका लागि रोकिएको छ । 

सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिले उजुरी कर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए । ​


प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी गरिएको छलफलका क्रममा गम्भीर विषयहरू उठेकाले त्यसमा अध्ययन गर्न थप समय लिने र त्यसपछिमात्रै सुनुवाइ गर्ने सभापति जबराले बताए । 

प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेका छन् । संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।


Author

थप समाचार
x