दल

शिक्षकले गुणस्तरीय तालिम नपाउँदा त्यसको असर एसइई परीक्षामा देखियो : केपी ओली

इकागज |
असार २०, २०८१ बिहीबार १७:५९ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले गुणस्तरीय तालिम नपाउँदा त्यसको असर एसइई परीक्षामा देखिएको बताएका छन् ।

बिहीबार अनेरास्ववियु रुपन्देहीले बुटवलमा आयोजना गरेको एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शिक्षकहरूलाई समयअनुसारको सीप र ज्ञान दिन नसक्दा विद्यार्थीलाई सिकाउने कुरामा कमी भएकाले यस वर्षको एसइई परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बताए ।


असफलताले नै पाठ सिकाएर मानिसलाई सफल बनाउने ओलीको भनाइ छ । ओलीले बिनाप्रयास र इमानदारिताबिना कुनै पनि कुरामा सफलता प्राप्त नहुने बताए । नेपाल कसैको उपनिवेशमा नगएको सधैं स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको भन्दै यो नेपालको गर्व भएको ओलीले बताए । नेपालीको मानव मष्तिष्क विद्वान पुर्खाहरूको निरन्तरता भएकोले निक्कै विलक्षणको भएको ओलीले बताए ।.

उनले एसइईको मौका परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई एमालेले निःशुल्क अनलाइन कक्षको व्यवस्था मिलाउने बताए ।  


Author

थप समाचार
x