दल

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

इकागज |
असार २०, २०८१ बिहीबार १८:३४ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उनलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ । 


उक्त पार्टीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ ।


Author

थप समाचार
x