सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले
काठमाडौँ- नेकपा एमाले सुदूरपश्चिम सरकारबाट बाहिरिएको छ । एमालेले बिहीबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूको पनि राजीनामा गराएको छ ।
योसँगै सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । मुख्यमन्त्री सोडारी हाल एकीकृत समाजवादीको महाधिवेशनका लागि काठमाडौँमा रहेका छन् । उनी काठमाडौँ आएकाले एमालेका नेताहरूले मुख्यमन्त्रीको कार्यालयमा राजीनामा र सरकारबाट बाहिरिएको पत्र दर्ता गराइसकेका छन् ।
एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सरकारबाट बाहिरिएको विषयमा मुख्यमन्त्री सोडारीसँग टेलिफोन संवाद भएको र कार्यालयमा पत्र दर्ता गराइएको जानकारी दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया