दल

बागमती प्रदेशको सरकारबाट बाहिरिँदै एमाले

इकागज |
असार २१, २०८१ शुक्रबार १४:१९ बजे

हेटौंडा- नेकपा एमाले बागमती सरकारबाट बाहिरिने भएको छ । एमालेले बागमती सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार एमालेका मन्त्रीहरूले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समर्थन फिर्तासहित सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन् । एमालेबाट बागमती सरकारमा ५ जना मन्त्रीहरू छन् ।


एमाले सरकारबाट बाहिरिँदा बागमतीमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार कांग्रेसले बागमती प्रदेशको सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
 


Author

थप समाचार
x