दल

माधव नेपालको पार्टीमा म छैन- प्रेम आले

इकागज |
असार २१, २०८१ शुक्रबार १६:५१ बजे

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहेको बताएका छन् ।

महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफू पार्टीमा सक्रिय नरहेको जानकारी दिएका हुन् । असार १६ गतेदेखि शुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने जनाए ।


उनले भने- 'मैले संसदीय दलको बैठकमा अध्यक्ष माधव कुमार नेपालकै अगाडि म तपाइको पार्टीमा रहँदिन भनेको थिए । त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु । अन्य पार्टीमा जाने बारे अहिले सोचेको छैन ।'

आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरू पदाधिकारी रहेको बताए । उनले भने- 'म त तीन पटक लगातार निर्वाचित सांसद हुँ ।'

नेकपा एकीकृत समाजवादीले आज सार्वजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम समावेश गरिएको छैन ।
   

 


Author

थप समाचार
x