दल

माधव नेपालले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा विभिन्‍न दलहरूसँग छलफल गर्ने

इकागज |
असार २१, २०८१ शुक्रबार १७:१६ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा विभिन्न दलहरूसँग छलफल गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा पार्टीको महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीति परिस्थितिका सन्दर्भमा नयाँ समीकरणमा सहभागी लगायत सबै दलहरूसँग छलफल गर्ने बताएका हुन् । उनले समाजवादी मोर्चालाई क्रियाशील तुल्याउन छलफल गर्ने जिकिर गरे ।


राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको अवस्थामा यसले संघमा मात्रै नभइ प्रदेशमा पनि प्रभाव पार्ने उनले बताए ।

उनले राजनीतिक घटनाक्रममा आफ्नो पार्टीको भूमिकाका विषयमा पनि छलफल गरिने जिकिर गरे । अध्यक्ष नेपालले महाधिवेशनले पार्टीलाई थप बलियो बनाएको भन्दै अवसर नपाएकै कारण निराश हुनु नपर्ने बताए ।

त्यस्तै पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको विकास र विस्तारलाई रोक्न सक्ने कुनै शक्ति नरहेको जिकिर गरे । कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी विचार हावी भएको र एमालेमा पनि नेतृत्वका कारण निराशा छाएको भन्दै आफ्नो पार्टी देशकै मुख्य कम्युनिष्ट पार्टी हुने उन दाबी गरे ।

उनले महाधिवेशन सम्पन्न भएसँगै पार्टीको व्यापक रुपान्तरणमा जुट्ने बताए । 


Author

थप समाचार
x