दल

एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्छ : शेखर कोइराला

इकागज |
असार २१, २०८१ शुक्रबार १७:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्ने अवस्था रहेको बताएका छन् ।

गिरिजा प्रसाद कोइराला लेवर फाउण्डेशन नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिएर सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ मा जानसक्ने अवस्था रहेको भन्दै यसले दुई दलबीचको सहमति कार्यान्वयनमा अप्ठेरो पार्न सक्ने बताएका हुन् ।


उनले संविधानलाई टेकेर हिँड्नुपर्ने भएकाले विश्वासको मतपछि सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ जान सक्नेतर्फ सजग हुनुपर्ने धारणा राखे । उनले अब एमाले र कांग्रेसको सरकार देशलाई निकास दिने अन्तिम विकल्प भएकाले यो विकल्प पनि असफल भए देशमा दुर्घटना हुनसक्ने भएकाले नयाँ समीकरणलाई सफल बनाउने दायित्व सबैको भएको उल्लेख गरे ।

कोइरालाले मुलुक पटक पटक अस्थिरतातर्फ जाने अवस्थालाई रोक्नका लागि मुलुकको निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्नुपर्ने बताए ।


Author

थप समाचार
x