दल

रास्वपा संसदीय दलको बैठक आइतबार बस्दै

इकागज |
असार २२, २०८१ शनिबार १७:५९ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रित सचेतक निशा डाँगीले जानकारी दिएकी छन् ।

'संसदमा बजेट अधिवेशन सकिएका छ । अन्य विधेयकको तयारीका विषयमा बैठकमा छलफल गर्नेछौँ,' प्रमुख सचेतक सन्तोष परियारले भनिन्, 'प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पनि उक्त बैठकमा छलफल हुनेछ ।'



Author

थप समाचार
x