दल

आफ्नो सुरक्षाकर्मीको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

इकागज |
असार २२, २०८१ शनिबार १९:३६ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ओली निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर थापाको आज बिहान निधन भएको थियो ।

उनलाई सुतिरहेको ठाउँमा आज बिहान ५ बजे बेहोस अवस्थामा फेला पारिएको र लगत्तै भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकहरूले मृत घोषणा गरेको बताइएको थियो ।


मृत्युको कारण हृदय घात हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको छ । ओलीले मृतक थापा हिजो साँझ घर गएको बताएका छन् । उनले मृतक थापाको परिवारमा समवेदना व्यक्त गरेका छन् ।

उनले भनेका छन्, 'धेरै नबोल्ने र लजालु स्वभाव । काममा जहिले पनि तम्तयार । सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु । आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ । हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो । परिवारजनमा समवेदना व्यक्त गर्दछु ।'


Author

थप समाचार
x