दल

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

इकागज |
असार २३, २०८१ आइतबार १०:४५ बजे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकले प्रदेश प्रमुखको जिम्मेवारी तोक्ने बताइएको छ ।


हालै सम्पन्न महाधिवेशनपछि एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ भने पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ ।

यस अघि शनिबार बसेको पहिलो बैठकले सबै २९९ केन्द्रीय सदस्यको चयनपछि मात्र पदाधिकारीको टुंगो लाग्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिएका थिए ।

तिवडाले महाधिवेशनले पार्टीलाई अघि बढाउन ऊर्जा प्राप्त भएको निष्कर्ष बैठकले निकालेको बताउँदै पदाधिकारी चयन भइनसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय भएको बताएका थिए  ।


Author

थप समाचार
x