दल

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ- एमाले

इकागज |
असार २३, २०८१ आइतबार १२:४१ बजे

काठमाडौँ - नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन् ।


बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन एमालेले माग गर्ने निर्णय गरेको बताउँदै सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न समेत आग्रह गरेको बताएका छन् ।

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिन पत्र पठाएको प्रसंग उल्लेख गर्दै राजीनामा नदिएर विश्वासको मत लिएमा आफूहरुले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।
 


Author

थप समाचार
x