योगेश भट्टराइले मागे प्रधानमन्त्रीको राजीनामा
फाइल फोटो
काठमाडौँ - नेकपा एमालेको नेता योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा मागेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यही संसदबाट तत्काल राजीनामा दिन दाहाललाई आग्रह गरेका हुन् ।
'काँग्रेस र नेकपा एमालेबीच बलियो गठबन्धन भइसकेको छ', उनले भने 'अब प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।'
शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा राष्ट्रिय सहमतीय सरकार निर्माणमा सहभागी हुन माओवादी केन्द्रलाई भट्टराईले आग्रह गरेका हुन् । उनले सरकारलाई पछिसम्म असर गर्ने कुनै पनि काम नगर्न भनेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया