दल

बेचैन झाका प्रमाण आएपछि बेचैन भएर एमालेले डुंगा प्वाल परेको देख्यो : सापकोटा

इकागज |
असार २३, २०८१ आइतबार १३:४३ बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद माधव प्रसाद सापकोटाले नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहमतिले लोकलाई ढाँट्ने काम भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले दुई पार्टी मिलेर स्थिर सरकार दिन्छौं भनेर लोकलाई ढाँटेको बताएका हुन् । 

उनले भने, 'दुई पार्टीबीच भएको सहमति सार्वजनिक नगर्ने, पालैपालो सरकार चलाउने सहमति गर्नुले कसरी स्थिरता हुन्छ यो त लोकलाई ढाँट्ने काम मात्रै भयो ।' 


उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा नैतिकता नभएको बताएका छन् । 'दिनभर प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि स्वर्ग गएपनि सँगै जाउँला भन्ने', उनले भने 'ललितपुरमा ड्राफ्ट गर्नका निमित्त आफ्ना नेतालाई खटाउने यो कहाँको नैतिकता हो ?'

उनले बेचैन झाका प्रमाण आएपछि बेचैन भएर एमालेले डुंगा प्वाल परेको देखेको बताए । बेचैन झाहरूले बेचैन बनाएर भागेकाहरूले हामीलाई नैतिकताको पाठ सिकाउन नमिल्ने उनको भनाइ छ । 


Author

थप समाचार
x