दल

रवि लामिछानेलाई ज्ञानेन्द्र शाहीको चुनाैती - जीवी राईलाई पक्राउ गरेर ल्याउनूस् संसदमा फूलमालाले स्वागत गर्छौं

इकागज |
असार २३, २०८१ आइतबार १३:५७ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जीवी राईलाई तत्काल पक्राउ गर्न आग्रह गरेका छन् । उनले प्रतिनिधिसभा बैठकमा आइतबार बोल्दै शाहीले राईलाई पक्राउ गरेर ल्याए संसदमै गृहमन्त्री रवि लामिछानेलाई फूलमालाले स्वागत गर्ने बताए । 

निर्मला पन्तको हत्यारालाई ७२ घण्टामा पक्राउ गर्ने भन्ने गृहमन्त्रीले सरकारमा पुगेको १२४ दिनसम्म पक्राउ गर्न नसकेकोमा उनले रोष प्रकट गरे । 


उनले झ्यामका झ्याम फाइल खोल्न पनि लामिछानेलाई आग्रह गरेका छन् । उनले फाइल खोल्छु भनेर तर्साउने काम बन्द गर्न र स्याल हुइया नगर्न गृहमन्त्रीलाई सुझाव दिए । 


Author

थप समाचार
x