दल

राष्ट्रिय सहमतिको सरकारका नाममा कांग्रेस-एमालेले फजुलको कुरा गरे : झलनाथ खनाल

इकागज |
असार २३, २०८१ आइतबार १५:७ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका नाममा कांग्रेस-एमालेले फजुलको कुरा गरेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले राष्ट्रिय सहमतिको सरकार भन्ने नितान्त फजुल कुरा बाहेक केही नभएको बताएका हुन् । कांग्रेस-एमाले मिलेर सरकार बनाउने र केही आफूलाई सुरक्षित गर्नुपर्छ भन्ने पार्टीहरूले साथ दिन सक्ने उनले बताए ।


खनालले संसदीय व्यवस्थामा सामान्यतया बहुमत पुग्नेको सरकार बन्ने गरे पनि कुनै पनि देशका मुख्य-मुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटंकी जस्तै रहेको टिप्पणी गरे । उनले नयाँ गठबन्धनमा सहभागी हुने कुनै गुञ्जायस नरहेको स्पष्ट पारे । खनालले ठूला पार्टीका नेताहरूमा रहेका असक्षमता र अयोग्यताका कारण देश अस्थिरताबाट गुज्रिरहेको बताए ।

उनले नयाँ सरकारको आधार स्पष्ट नभइसकेको अवस्थामा संविधान संशोधनको कुरालाई नियालिरहेको भन्दै एजेण्डाका आधारमा जोडदार प्रतिक्रिया आउने उल्लेख गरे ।


Author

थप समाचार
x