दल

अल्पमतमा परेपछि एक सेकेण्डपनि सत्तामा बस्न मिल्दैन - ठाकुर गैरे

इकागज |
असार २४, २०८१ सोमबार १२:१५ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका सांसद ठाकुर गैरेले घोर अल्पमतमा परेको सरकार एक सेकेण्डपनि सत्तामा बस्न नमिल्ने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने टिप्पणी गरेका छन् ।


उनले विपक्षमा करिब दुई तिहाइ बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

उनले सरकार अल्पमतमा परेपछि यस्तो पनि हुँदो रैछ भन्ने गीत गाउनु भन्दा उडायो सपना सबै हुरीले भन्ने गीत गाउन सुझाव दिए ।


Author

थप समाचार
x