दल

कांग्रेस–एमालेको समीकरणले देशमा राजनीतिक स्थिरता हुनेमा शंका : पूर्ण बहादुर घर्ती

इकागज |
असार २४, २०८१ सोमबार १५:७ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तीले कांग्रेस–एमालेको समीकरणले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा घर्तीले यसअघि स्थायित्वको नाममा संविधान विघटन भएको भन्दै अव बन्ने सरकारले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताएका हुन् । 


राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्ने भनिए तापनि संविधान भन्दा पनि दलका नेताहरूको प्रवृत्तिमा सुधार गर्नुपर्ने उनले बताए । 

सांसद घर्तीले राजनीतिक परिवर्तनसंगै चिन्तनमा रहेको सामन्ती संस्कारलाई संशोधन गरेमात्रै देशले समृद्धिको खाका कोर्न सक्ने धारणा राखे । उनले संविधान संशोधनका नाममा यसको मूल मर्मलाई असर गर्ने काम गर्न नहुनेमा जोड दिए । 

संसदीय प्रणालीमा सरकार र कुर्सी फेरबदल हुनु स्वभाविक रहेको भन्दै दलहरूको क्रियाकलाप देशको हितमा छ वा छैन भन्ने महत्वपूर्ण रहेको उनले बताए । 


Author

थप समाचार
x