दल

मुकुल ढकालको प्रतिक्रिया- रवि लामिछाने क्लबबाट निस्कासित भएँ

इकागज |
असार २५, २०८१ मंगलबार १३:२४ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेपछि डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लबबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो ।


त्यसपछि प्रतिक्रिया दिँदै ढकालले आफु रवि लामिछाने क्लबबाट निस्कासित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न नरोकिने बताएका छन् । उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने बताएका छन् ।

रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट मुक्त गरेपनि साधारण सदस्यबाट भने हटाएको छैन ।


Author

थप समाचार
x