दल

प्रमुख दलहरूकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र आर्थिक समस्या देखियो : सांसद ढकाल

इकागज |
असार २५, २०८१ मंगलबार १४:३६ बजे

काठमाडौँ- रास्वपाका सांसद हरि ढकालले प्रमुख दलहरूकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र आर्थिक समस्या देखिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै ढकालले मुलुकको परिवर्तनमा प्रमुख दलहरूको भूमिका महत्वपूर्ण रहे पनि तीन दशकमा प्रमुख दलहरूकै कारण मुलुक पटक-पटक समस्यामा परेको बताएका हुन् ।


उनले कांग्रेस–एमालेबीचको सहमति सार्वजनिक नभएको अवस्थामा उक्त सम्झौतामा अब बन्ने सरकार पनि तीन दशकको निरन्तरता भएको जिकिर गरे । सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा बेचन झा पक्राउ पर्ने बित्तिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले राम्रैसँग बुझेको उनको भनाइ छ ।

ढकालले सरकार परिवर्तन हुँदा पनि राजनीतिक संस्कार र इमान्दारी कार्यकालभरि कायम राख्ने भन्दै तीन दशकमा मुलुकलाई अप्ठेरोमा पार्नेहरूले राजनीतिक संस्कार नसिकाउन सुझाव दिए । 


Author

थप समाचार
x