दल

जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

इकागज |
असार २७, २०८१ बिहीबार १६:४४ बजे

काठमाडौँ- जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीको बिहीबार बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनमतले यसअघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।


तर, कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि मधेश प्रदेशको सरकार बचाउन नयाँ गठबन्धनमा लाग्ने संकेत गरेको छ ।

अर्कोतर्फ कांग्रेस-एमालेबीचको सहमतिमा पनि ३-३ प्रदेश भागबन्डा गरे पनि मधेश प्रदेश मधेश केन्द्रित दललाई दिने सहमति गरेका छन् । प्रतिनिधि सभामा जनमतका ६ सांसद रहेका छन् ।


Author

थप समाचार
x